समाचार

किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई २०८३ साउन २७ गते राति पक्राउ गरिएको र त्यसपछि उनको निजी निवासमा खानतलासी भएको उल्लेख छ। त्यसैगरी भोलिपल्ट बिहान सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको विषयमा समेत काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ। प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा आचारसंहिता उल्लंघन भएमा… पुरा पढौ

देउवाको अपिल :‘काँग्रेसभित्रको असहमति अन्त्य गरी राष्ट्रिय एकताका लागि सहकार्य गरौँ’ (पुर्णपाठ)

नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि स्वदेश फर्किए लगत्तै पार्टीभित्रको असहमति अन्त्य गर्दै राष्ट्रिय एकता र सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि काठमाडौँ आइपुगेका देउवाले आफू व्यक्तिगत राजनीतिक शक्ति आर्जन गर्ने उद्देश्यले नभई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने भावनाका साथ सक्रिय हुन स्वदेश फर्किएको बताएका हुन्। उनले नेपाली काँग्रेसले आफूभित्रको एकता कायम गर्दै मुलुकका अन्य राजनीतिक शक्तिसँग समेत सहमति र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएका मतभेद र निराशालाई लामो… पुरा पढौ

नेप्से परिसूचक ८.८१ अंकले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अंकले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अंकले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ ।  त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अंकले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अंकले बढेर १५७ दशमलव ३३  मा… पुरा पढौ

मिडिया सोसाइटीले भन्यो– पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ। सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रकाशित समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोजिनुपर्ने उल्लेख गरिएको छ। ‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत… पुरा पढौ

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड

नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् ।  गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई… पुरा पढौ

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् । कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण… पुरा पढौ

सक्रिय मनसुन: यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ… पुरा पढौ