समाचार

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ ।  कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिक स्थल र मौलिक संस्कृति ।  प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी  गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।  वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुन डाँडामा रहेको तातोपानी कुण्ड… पुरा पढौ

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार… पुरा पढौ

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने विरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वी चोक, सभागृह चोक, सिर्जना चोक र लेक साइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, गाँजा तथा लागुऔषध सेवन गरी अवाञ्छित… पुरा पढौ

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ… पुरा पढौ

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।  सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।  संयुक्त राष्ट्रसंघका… पुरा पढौ

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाडी–हिमाली गाउँका मौलिक जीवनशैली, पदयात्रा, जलपर्यटन र साहसिक गतिविधि सुदूरपश्चिमको पर्यटन विकासका बलिया आधार हुन् । यी सम्भावनालाई सरकारले पनि वर्षौँदेखि… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ हामखोला झरना महोत्सव शुरूभएको छ। प्राकृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार तथा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ दुई दिने महोत्सव आयोजना गरिएको हो। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले महोत्सवको उद्घाटन गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले लमजुङका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन्। महोत्सवमा राष्ट्रिय। कलाकारको प्रस्तुतीसंगै स्थानीय संस्कृति, कला र परम्परालाई झल्काउने विविध सांस्कृतिक कार्यक्रम… पुरा पढौ