समाचार

इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो । औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन । पुरा पढौ

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसमा कास्की शाखामा विभिन्न सम्मान र पुरस्कार अर्पण

पोखरा । पोखराका तीन पत्रकार र एक संस्थालाई नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर सम्मान एवम् पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले २०५५ सालमा स्थापना गरेको पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राज बहादुर गुरुङलाई नगद रु. ५० हजार ५ सय ५५ सहित र २०८२ बाट संस्थागत रुपमा महासंघलाई दिएको योगदान स्वरुप सहारा क्लबलाई सम्मानपत्र प्रदान गरेको हो । विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् ।… पुरा पढौ

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। पुरा पढौ

मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने

मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ अन्तर्गत घोप्टेभिरसहित विभिन्न स्थानमा सडक स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले चैत १७ देखि १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालन रोक्ने निर्णय गरिएको हो। सडक आयोजनाका अनुसार पटक-पटक आवागमन अवरुद्ध हुँदा यात्रुहरूलाई असुविधा भएको गुनासो आएपछि निश्चित समय निर्धारण गरी अत्यावश्यक बाहेकका सवारी साधन रोक्ने व्यवस्था मिलाइएको हो। निर्धारित समयावधिमा वैकल्पिक व्यवस्था अपनाउन र आवश्यक बाहेकका यात्रा स्थगित गर्न सम्बन्धित निकायले… पुरा पढौ

चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले संघीय संसद्को नयाँ अधिवेशन आह्वानका लागि चैत १९ गतेको मिति प्रस्ताव गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद् अधिवेशन सुरु गर्ने प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको एक मन्त्रीले जानकारी दिएका छन्। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ। पुरा पढौ

महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतद्वारा अस्वीकार

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिन अस्वीकार गरेको छ। अदालतका अनुसार सम्बन्धित जाहेरी तथा सोसँग सम्बन्धित सम्पूर्ण मिसिल उच्च अदालत पाटनमा विचाराधीन रहेकाले हालको अवस्थामा पक्राउसम्बन्धी आदेश जारी गर्न नमिल्ने निष्कर्ष निकालिएको हो। पुरा पढौ

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रू १२ अर्ब ९६ करोड ६६ लाख ५९… पुरा पढौ