समाचार

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।  तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच… पुरा पढौ

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे चार पाङ्ग्रे खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको… पुरा पढौ

केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।… पुरा पढौ

बुधवार देखी वर्षा कम हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधवार देखी वर्षा क्रमशः : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधवार देखी वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिए । उनका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन… पुरा पढौ

नेप्से परिसूचक २७ सय अंकमाथि

साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा सकारात्मक गति कायम रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ सय अंक पार गरेको छ । शुक्रबारको कारोबारमा ७९ अंकले बढेको बजार सोमबार थप ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भएको हो । लगातार दुई कारोबार दिनमा नेप्से १२० अंकभन्दा बढी उकालो लागेको छ । सोमबारको वृद्धिपछि नेप्से परिसूचक २ हजार ७१९ अंकमा पुगेको छ । यो विन्दु पछिल्लो एक महिनाकै उच्च स्तर हो । यसअघि जेठ २९ गते नेप्से २ हजार… पुरा पढौ

दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै

चितवन । दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुवे जंगली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको छ ।  दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक… पुरा पढौ

मदन पुरस्कार २०८२ का लागि श्रेष्ठ १० पुस्तकको सूची सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ का लागि अन्तिम प्रतिस्पर्धामा रहेका उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ पुस्तकको मूल्यांकनपछि उत्कृष्ट मानिएका १० कृति छनोट गरिएको हो। यही सूचीबाट एक कृतिलाई मदन पुरस्कार २०८२ प्रदान गरिनेछ। श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास तथा वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच समावेश छन्।… पुरा पढौ