समाचार

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौँ । आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन-२०२६ सम्पन्न भएको छ । यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताए । उनका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । सम्मेलन जलवायु… पुरा पढौ

नेपाल भ्रमणमा आउने पर्यटकले यस्ता नियम पालना गर्नुपर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी नेपाल भित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकले सडकमै खाना बनाउने, नदी किनारमा लुगा धुने फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले यस्तो सूचना जारीस्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभागमार्फत प्रवेश अनुमति पत्र (अनलाइन वा भौतिक) सुनिश्चित गर्न भनेको छ । सवारी साधनमा सवार यात्रुहरूको नाम सूची, उमेर र लिङ्ग नेपालका भन्सार अधिकारीहरूलाई उपलब्ध गराउनुपर्ने,… पुरा पढौ

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

आयोजक अमेरिकाले फिफा विश्वकप-२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रूपमा पायो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे । खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता… पुरा पढौ

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया… पुरा पढौ

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त हुनुहुन्थ्यो । लामो समयदेखि व्यापार गर्दै आएको स्थान छोड्नुपर्ला भन्ने कल्पना नगरेको बताउने उहाँ अहिले भने बसपार्क निर्माणको प्रक्रिया अघि बढेपछि संरचना खाली गर्न बाध्य हुनुभएको छ । पोखरा महानगरपालिकाले गत वैशाख ३ गते बसपार्क… पुरा पढौ

वीपी राजमार्गमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । पुरा पढौ

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिए । समितिका केही सदस्यले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन भन्नेबारेमा पनि छानबिन हुनुपर्ने बताए । समिति सदस्यहरू जगदीश खरेल, डा अर्जुन कार्की, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेनुका काउचा, राम लामा, प्रशान्त उप्रेती, अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गरेका थिए… पुरा पढौ