समाचार

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ। अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा २-३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ । विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र तराईका भू-भागमा आंशिक बादल लागेको छ ।… पुरा पढौ

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।  महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।   देशका पहाडी तथा तराई क्षेत्रका धेरै  र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना… पुरा पढौ

बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको दावी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए । नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ ।… पुरा पढौ

शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव (फोटो फिचर)

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ संस्करणको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन् । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गरिएको हो । परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो। महोत्सवमा हलगोरु दौड, असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, विदेशी तथा… पुरा पढौ

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा (मार्बल) स्लेटका रूपमा प्रयोग गरिने स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो । तत्कालीन क्याङ, देउराली र भुकताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो । मोदी गाउँपालिकाको गत… पुरा पढौ

कोशीमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही  तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ । कोशी, बागमती र… पुरा पढौ

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको र त्यसबारेमा थप अनुसन्धान भैरहैको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको होे । पुरा पढौ