समाचार

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । एक हजार ४७३ जनाको उद्धारनेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित… पुरा पढौ

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ ।  धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए ।  मुख्यमन्त्री थापाले भने, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ, खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्‍याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी… पुरा पढौ

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ… पुरा पढौ

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् । यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्‍याइएको छ भने यो क्रम जारी छ । प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११… पुरा पढौ

अवरुद्ध पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड तीन दिनपछि सञ्चालनमा

विगत तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड अन्तत: सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो ।  सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न… पुरा पढौ

भोटेकोशी बाढी अपडेट: ५५३ जनाको मृत्यु

नेपाल प्रहरीले शुक्रबार अपरान्ह ५ बजेसम्म पाँच सय ५३ जनाको शव फेला परेको जानकारी दिएको छ ।  प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४७ जना, नवलपरासी पूर्वमा १३४ जना, नुवाकोटामा ३८ जना, चितवनमा २२२ जना, तनहुँमा ३१ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।  बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।   हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक प्रहरी मृत फेला परेका… पुरा पढौ

पृथ्वी राजमार्ग खुलाउन २५ भन्दा बढी हेभी उपकरण परिचालन, साँझसम्म पूर्ण सञ्चालनको अपेक्षा

त्रिशूली नदीमा आएको बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्डमा यातायात सञ्चालनका लागि सडक विभागले निर्माण व्यवसायीका उपकरणसमेत परिचालन गरेर काम तीव्र बनाएको छ। धादिङको गल्छीदेखि मुग्लिनसम्म विभिन्न स्थानमा जमेको हिलो, लेदो तथा पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ। अवरोध हटाउन २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा अन्य यान्त्रिक उपकरण परिचालन गरिएको छ। बाढीका कारण पृथ्वी राजमार्गको करिब १५ किलोमिटर सडक प्रभावित भएको छ। सडक स्तरोन्नतिको काममा प्रयोग हुँदै आएका पिच प्लान्टलगायत निर्माण सामग्री तथा उपकरणमा… पुरा पढौ