उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा पाक्ने गर्छ । तस्बिरः हेमन्त केसी/रासस
पुरा पढौ
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति । पहरामा कुँदिएका आमा र बच्चाको मूर्तिले स्थानीय पर्यटकलाई आकर्षित गरेको छ । तस्बिर: मिला दरै/रासस
पुरा पढौ
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित पानपाते आकारमा तिलिचो ताल । समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाई अवस्थित यस तालले चार दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको लागि यस ताल आकर्षणको केन्द्र बनेको छ । तस्बिर: नवीन लामिछाने/रासस
पुरा पढौ
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहबाट गत आर्थिक वर्ष ०७९/०८० मा मान्छे मार्ने बाघलाई चितवन कसरामा लैजानका लागि नियन्त्रणमा लिन डार्ट गरिएको वयस्क पाटेबाघ । तस्बिर: रुपनी जिएम/रासस
पुरा पढौ