राजनीति

एमाले विधान महाधिवेशन: प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र सकिएको छ ।   ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै आजको बन्द सत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा आधारित प्रतिनिधिहरूले… पुरा पढौ

२०८४ सालमा एकल बहुमतको सरकार निर्माण लक्ष्यः महासचिव पोखरेल

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिए। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताए । उनले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको… पुरा पढौ

बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ: परराष्ट्रमन्त्री डा. देउवा

गण्डकी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन हुँदैन बताएकी छन् । नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी संगठनभित्र एक आपसमा स्वच्छ प्रतिस्पर्धा हुने भए पनि यही प्रतिस्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताइन्। उनले भनिन्, “पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो । ” काँग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई… पुरा पढौ

संसदीय दलको विश्वास गुमाएका लामा कहिलेसम्म मुख्यमन्त्री रहलान्?

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट बहादुरसिंह लामा पदमुक्त भएसँगै उनी अब कहिलेसम्म मुख्यमन्त्री पदमा रहलान् भन्ने प्रश्न यतिखेर स्वभाविक रुपमा उठेको छ । आज बसेको नेपाली काँग्रेस बागमती प्रदेश सभाको संसदीय दलमा उनी विरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पक्षमा लामाले १५ मत पाउँदा विपक्षमा २२ सांसदले मतदान गरे। दलको नेताबाट विश्वास गुमाएर दलको नेताबाट हटाए पनि लामा बागमती प्रदेशको मुख्यमन्त्री पदमा कायम नै छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार लामा दुई वा दुई भन्दा… पुरा पढौ

‘पार्टी सदस्य भएको ४५ वर्ष भयो, मलाई रोक्न मिल्दैन’: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो । त्यसपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित… पुरा पढौ

पूर्व राष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ । एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको… पुरा पढौ

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै  प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गरे । बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सोचअनुसार उनीहरूले अँगाल्नुभएको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस… पुरा पढौ