राजनीति

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक

काठमाडौँ, ६ चैत । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ । सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन् ।… पुरा पढौ

सत्तारुढ दलहरूले साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ, ६ चैत । सत्तारुढ दलहरूले तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अपराह्न २ बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई –दुई जना नेता सदस्य… पुरा पढौ

मन्त्री दीपक मनाङेले लिए शपथ

पोखरा । राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई आजै भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी)सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको थियो । पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ… पुरा पढौ

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

पोखरा, ४ चैत । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका छन् । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएको हो । प्रधानमन्त्री दाहालले भने, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार… पुरा पढौ

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट… पुरा पढौ

कांग्रेसको विरोधपछि बैठक स्थगित

काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो । दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिएका थिए । सभामुखले सो अनुमति दिने वित्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको… पुरा पढौ

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छः अध्यक्ष ओली

दोधारा चाँदनी (कञ्चनपुर), १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भने–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति… पुरा पढौ