राजनीति

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छोडेको उल्लेख गरेका छन्। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। स्टाटसमा… पुरा पढौ

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिवद्धता पत्र (पूर्ण पाठसहित)

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको घोषणापत्र र प्रतिबद्धताहरूलाई समेटेर उक्त प्रतिवेदनको मस्यौदा सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्रतिवेदनउपर यही वैशाख १० गतेभित्र रायसुझाव मागेको छ । वालेन्द्र शाह नेतृत्वको सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ३ अनुसार दस्तावेज ल्याइएको मस्यौदामा उल्लेख छ । प्रतिबद्धतापत्रमा नेपाललाई आगामी ५ वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखिएको छ । जसअनुसार औसत ७ प्रतिशतको… पुरा पढौ

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्। आज उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्नेमा २२ मत खसेको थियो । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, काँग्रेस, नेकपाले समर्थन गरेको थियो। पुरा पढौ

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका उपसभापति डिपी अर्याललाई सभामुखको रुपमा अघि सार्ने निर्णय गरेको छ। पार्टीको संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै अर्याललाई सभामुख पदमा अघि सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। रास्वपाको बहुमत भएपनि प्रकृयामा जानुपर्ने भएकोले उमेदवार बनाउने निर्णय संसदीय दलले गरेको उनले बताए । सभामुखको निर्वाचनका लागि यही चैत्र २२ गते आइतबारको मिति तय गरिएको छ । संसद सचिवालयले आजैदेखि निर्वाचनको प्रकृया सुरु गरेको जनाएको छ। प्रतिनिधि सभाको अर्को… पुरा पढौ

नजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडाै‌ । नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानविनको माग गर्नुहुँदै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाए । एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिए ।  प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान… पुरा पढौ

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले दिए बधाई

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। बुधबार सम्पन्न चयन प्रक्रियामा थापाको एकल उम्मेदवारी कायम भएपछि उनी निर्विरोध रूपमा दलको नेता बनेका हुन्। यसअघि सुहाङ नेम्वाङले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिए। निर्वाचनपछि नेम्वाङले थापालाई खादा ओढाएर बधाई व्यक्त गरेका छन्। पुरा पढौ

एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशभर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले विभिन्न चरणमा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेल ले दिएका छन्। उनका अनुसार आन्दोलन चैत २४ गतेदेखि सुरु हुनेछ। सो दिन देशभरका जिल्ला कमिटीमार्फत वृहत कार्यकर्ता भेला आयोजना गरिनेछ। त्यसपछि आन्दोलनलाई क्रमशः स्थानीय तह, वडा, प्रदेश र अन्ततः संघीय राजधानी केन्द्रित गर्ने योजना बनाइएको छ। निर्धारित कार्यतालिकाअनुसार वैशाख ३ गते वडा तहमा भेला, वैशाख… पुरा पढौ