राजनीति

माओवादी केन्द्रले टुङ्ग्यायो कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौँ । माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सह इन्चार्ज भएका छन् । मधेशमा सचिव लीलामणि पोखरेल इन्चार्ज र सह इन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सह इन्चार्ज चुन्न बाँकी रहेको छ । गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सह इन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी… पुरा पढौ

एमाले ‘मिसन ८४’ मा छः अध्यक्ष ओली

विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । आज विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राखेको हो । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस… पुरा पढौ

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें ः नेता महतो

काठमाडौँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेको हो । पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन् । केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन् । नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष… पुरा पढौ

जनसरोकारका प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

काठमाडौँ, १० फागुन । बाइस बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सम्पन्न भएको छ । यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह गर्ने निचोड निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा आज विभिन्न समूहगत छलफलबाट आएका सुझाव प्रस्तुति र जवाफ भएको… पुरा पढौ

कांग्रेस महासमिति बैठकः छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछ । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री… पुरा पढौ

गण्डकीमा तीन सिटका लागि आठको उम्मेदवारी

पोखरा । राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट ३ जना चुनिनेछन् भने उक्त पदका लागि सोमबार प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकीमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये दुई सिटमा कांग्रेस र एक सिटमा माओवादीका तर्फबाट मनोनयन दर्ता भएका छन् । कांग्रेसले अन्यतर्फ गोरखाका… पुरा पढौ

प्रधानमन्त्रीमा एकैव्यक्ति दुईपटकभन्दा बढी हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुईपटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न बुधवार कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो । कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको गण्डकी प्रदेशको प्रथम ऐतिहासिक सम्मेलनमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अवधारणापत्र र… पुरा पढौ