राजनीति

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छः सभापति देउवा

दमौली, ९ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए । सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, “पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो… पुरा पढौ

आदर्श र सिद्धान्तलाई स्थापित गर्दै अघि बढ्नुपर्छः सभापति देउवा

पोखरा, ३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग… पुरा पढौ

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश

कटारी (उदयपुर), २६ मङ्सिर । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो । कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी,… पुरा पढौ

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

काठमाडौँ, २५ मङ्सिर । सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ । राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा कार्यक्रम सक्दैछ । मङ्गलबारदेखि उक्त कार्यक्रम कोशी प्रदेशमा हुनेछ । “हाम्रो यात्राले पार गरेको यो दूरीमा हामीले देउडादेखि काँठेसम्म धेरैथरी बाजा सुन्यौँ । सबैको साझा भाव हो–नेपाली”, यात्राको नेतृत्व… पुरा पढौ

एमालेको सङ्कल्प यात्रा पोखरामा

कास्की, २२ मङ्सिर । नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गरेको हो । यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् । अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको… पुरा पढौ

लोकतान्त्रिक आचरण र प्रणाली बलियो बनाउन सङ्कल्प यात्राः अध्यक्ष ओली

कास्की, २१ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन् । अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे । अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भने, “मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प… पुरा पढौ

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्राः अध्यक्ष ओली

ढोरपाटन (बागलुङ), २१ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्पयात्रा सुरु गरेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्रका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताए । उनले अहिले जस्तोसुकै विकट ठाउँमा पनि सडक सञ्जाल र इन्टरनेट पुगेको बताए । पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए… पुरा पढौ