राजनीति

महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतद्वारा अस्वीकार

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिन अस्वीकार गरेको छ। अदालतका अनुसार सम्बन्धित जाहेरी तथा सोसँग सम्बन्धित सम्पूर्ण मिसिल उच्च अदालत पाटनमा विचाराधीन रहेकाले हालको अवस्थामा पक्राउसम्बन्धी आदेश जारी गर्न नमिल्ने निष्कर्ष निकालिएको हो। पुरा पढौ

नेकपा संसदीय दल नेतामा प्रचण्ड चयन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतृत्वका लागि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरिएको छ। संसदीय दलको आइतबार सम्पन्न बैठकले ‘प्रचण्ड’लाई दलको नेता नियुक्त गरेको जानकारी सांसद रमेश मल्लले दिएका छन्। यसअघि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सीट जितेर संसदीय प्रतिनिधित्व सुनिश्चित गरेको थियो। पुरा पढौ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको पुष्टि गरेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग रातभर निरन्तर छलफल गरेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो । मध्यराति कानुन मन्त्रालयका… पुरा पढौ

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकाे हाे । सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता… पुरा पढौ

‘जनताका असीमित आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ’ : ज्येष्ठ सदस्य केसी

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए । “हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ ।  विसं २०१५… पुरा पढौ

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ आज लिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११:१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद… पुरा पढौ

संविधानको धारा ७६-१ अनुसार सरकार गठन हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउँदै छ। निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्ने छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् । रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद… पुरा पढौ