राजनीति

गायिका डा. त्रिशला गुरुङ उज्यालो नेपाल पार्टीबाट समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका डा. त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो। उज्यालो नेपाल पार्टीका अनुसार हालको स्वास्थ्य प्रणालीमा देखिएको असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव र स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन प्रमुख चुनौतीका रूपमा रहेका छन्। डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि… पुरा पढौ

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो। पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । केही दलहरूले आइतबार नै बन्द सूची पेश गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले) नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रमुख दलहरू… पुरा पढौ

रवि र बालेनबीच ७ बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ । सहमतिमा हस्ताक्षर गरेपछिको तस्बिर शेयर गर्दै लामिछानेले लेखेका छन्– ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’ बालेनले भने सोही तस्बिर शेयर गर्दै सामाजिक सञ्जालमा घण्टीका दुई वटा इमोजी राख्दै लेखेका छन्– ‘शुभ प्रभात ।’ आइतबार बिहान लामिछाने तथा बालेनबीच यस्तो सहमति बनेको हो । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी… पुरा पढौ

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

काठमाडौँ, १० पुस । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता… पुरा पढौ

‘निर्वाचन हुने-नहुने बहस अब निरर्थक’ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताएका छन् । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुई दिने अभिमुखीकरणको समापन सत्रलाई आज सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको अवस्थामा निर्वाचन निर्विकल्प समाधान भएको बताएका हुन्। उनले निर्वाचनको राजनीतिक मुद्दा राजनीतिक रूपमा हल हुने र आयोगले राजनीतिक तथा कानुनी… पुरा पढौ

विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चारवटा ऐन संशोधन हुँदै

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चारवटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ । सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृह मन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिएका हुन् ।  उनले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानुनहरू संशोधन भइरहेको जानकारी दिए ।  उनकाअनुसार विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन समेत गरिएको छ ।  उनले… पुरा पढौ

‘अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्याण्डेट छैन’ : देव गुरुङ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्याण्डेट नभएको बताएका छन्। गत मंसिर २४ गते सरकार र जेन जेडका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता निर्वाचन सम्बन्धी कानुनहरू संशोधन गर्ने विषयहरू उल्लेख भए पनि यो सरकारले गर्न नमिल्ने बताए। उनले भनेका छन्, ‘गत शुक्रवार अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को समानुपातिक तर्फको अनुसूची संशोधन गर्दै अध्यादेश जारी गरिएको छ। अन्तरबस्तुबारे विमति नहोला। तर वर्तमान अन्तरिम सरकार गठन भए… पुरा पढौ