प्रवास

अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते

एजेन्सी । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्। अबुधाबी मिडिया अफिसलाई उद्धृत गर्दै गल्फ न्युज, अनादोलु समाचार एजेन्सीले जनाएअनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसका टुक्रा जमिनमा खस्दा घटना भएको हो । उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ… पुरा पढौ

इरानमा एक नेपाली नागरिक सुरक्षा निकायको नियन्त्रणमा

इरानी सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार उक्त घटना स्ट्रेट अफ हर्मुज क्षेत्र आसपास भएको हो। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्। यसअघि इरानमा रहेका नेपाली नागरिकको संख्या ६ रहेको बताइएको थियो। तर पछिल्लो अद्यावधिक विवरणअनुसार त्यहाँ रहेका नेपालीहरूको संख्या बढेर ११ पुगेको मन्त्रालयले जनाएको छ। पुरा पढौ

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौँ । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् । भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध… पुरा पढौ

मध्यपूर्व तनाव : खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना संकलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना संकलन गरिनेछ । यस्तै,… पुरा पढौ

इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौँ। इरानसँग जोडिएको ड्रोन आक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भएका नेपाली नागरिकको विवरण सार्वजनिक गरिएको छ। अबुधाबीस्थित नेपाली नियोगले प्राप्त आधिकारिक सूचनाका आधारमा मृतकको पहिचान पुष्टि गरेको हो। संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालय बाट प्राप्त जानकारीअनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ उक्त घटनामा परी ज्यान गुमाएका हुन्। उनी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा संलग्न सुरक्षा व्यवस्थापन कार्यमा कार्यरत थिए। अबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा उनी ‘मिडिल इस्ट कम्पनी’ मा सुरक्षा… पुरा पढौ

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दाजुभाइको, चार गम्भीर घाइते

खोटाङ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।  मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो । बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टंकुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी… पुरा पढौ

युएईले २६७ नेपाली कैदीलाई दियो आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औँ राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले युएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा युएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल-यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ । विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार पटक-पटक अनुरोध गरेपछि युएई सरकारले उक्त निर्णय गरेको हो । आममाफी पाएका नेपाली नागरिककाविरुद्ध अन्य कुनै कानुनी… पुरा पढौ