प्रवास

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँदै आगामी जनवरी २१ देखि लागू हुने गरी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको जनाएको छ। नेपालसहित सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देशहरूको सूचीमा परेका छन्। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ। यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म… पुरा पढौ

इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो । इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो । परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ । इरानमा रहेका नेपालीलाई आपत्कालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौँ… पुरा पढौ

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्ध कमाल गाउँपालिका २ भडारेका २ परिवारका सदस्यले ज्यान गुमाएका हुन् । सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा स्थायी ठेगाना भएको २ परिवारका ९ जना रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा काम गर्दैका थिए । गत आइतबार ग्यास विस्फोट भई आगलागी हुँदा धन बहादुर वि.क, कविता वि.क, राधा वि.क,… पुरा पढौ

पूर्वगोर्खा सैनिक आरोही बुढामगरले रचे विश्व कीर्तिमान

काठमाडौँ । पूर्व गोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण गरेका छन्। बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नि’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही बनेका छन्। क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट अन्टार्कटिका प्रस्थान गरेका बुढामगरले आफ्ना सहयोगीहरू अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा ३ दिनको कठिन आरोहणपश्चात् ६ जनवरी २०२६ राति १० बजे ४,८९२ मिटरको उचाइमा पाइला टेके। अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको अत्यधिक कठाङ्ग्रिँदो चिसो, हावा… पुरा पढौ

ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित

अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर-१३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थीमाथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी)का एक जना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको… पुरा पढौ

ओसाका घुम्ती सेवामार्फत् १ हजार २ सय २५ जना लाभान्वित

ओसाका, जापान, १७ कार्तिक । नेपाली राजदूतावास जापानको आयोजना एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापान र एनआरएनए क्षेत्रीय समिति कान्साईको सहकार्यमा सञ्चालन गरिएको घुम्ती सेवामार्फत् १ हजार २ सय २५ जना लाभान्वित भएका छन् । अक्टोवर १ देखि ३ तारिखसम्म सञ्चालन गरिएको उक्त घुम्ती सेवामा राहदानी नवीकरण, जापानमा जन्मेका बच्चाको पहिलोपटक राहदानी बनाउने, अधिकृत वारेशनामा,राष्ट्रियता, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, नाता प्रमाणीकरण यात्रा अनुमतिपत्र लगायतका कन्सुलर सेवा प्रदान गरिएको एनआरएनए कान्साई संयोजक भिमबहादुर घर्ती (अनुप)ले जानकारी… पुरा पढौ

विश्वका विभिन्न देशमा भाइटीकाको शुभ साइत, कुन देशमा कति बजे ?

काठमाडौँ । नेपालसहित विश्वका नेपाली समुदायले धुमधामका साथ भाइटीका मनाउँदै छन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि यस वर्षको भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ। समितिका अनुसार नेपालमा कात्तिक ६ गते (अक्टोबर २३, २०२५) का दिन बिहान ११ बजेर ३९ मिनेटमा टीका लगाउने शुभ साइत रहनेछ। तर, देशअनुसार भाइटीकाको समय केही फरक देखिन्छ। भारतको नयाँ दिल्लीमा २३ अक्टोबरमा बिहान ११ बजेर ५५ मिनेटमा टीका लगाउने शुभ साइत तय गरिएको छ। त्यसैगरी, अमेरिकाको पूर्वी तथा पश्चिमी तटका विभिन्न स्थानहरू… पुरा पढौ