प्रवास

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

क्यानबेरा, २१ चैत । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएको छ । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका… पुरा पढौ

अनेसासको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा अभिनेत्री पूजा चन्द

वाशिङ्गटन डिसी, २२ फागुन । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन् । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरूमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ । समितिको पहिलो बैठकले डा श्याम कार्की, डा.हयारी भण्डारी, गौतम दाहाल, डा.उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ । निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा बोर्ड अफ… पुरा पढौ

कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र सांस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्य दृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा,… पुरा पढौ

नेपालसँग कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुग्यो

काठमाडौँ । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूतरस्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूतरस्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी-मोलान्डेले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कमा एक संक्षिप्त समारोहमा बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै… पुरा पढौ

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणवर्द्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन् । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अलि… पुरा पढौ

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्युयोर्क, १६ माघ । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरेको हो । अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका… पुरा पढौ

तमुधीं यूकेको टोलीलाई सहाराको स्वागत, क्लवलाई ५५ हजार सहयोग

पोखरा । सहारा क्लव पोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत गरेको हो । कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए । उनले क्लवका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताए । उनले क्लवले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए । तमुधीं यूकेका संस्थापक सदस्य तथा… पुरा पढौ