प्रवास

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने छ… पुरा पढौ

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ । सरकारले श्रम-सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली संघ  एनसीसी युएईलगायतका संघ-संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो  अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ती शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ । सो शिविरमा तीन सयभन्दा  बढी नेपालीलाई नेपाल तथा… पुरा पढौ

केआईआईटी कलेजले माग्यो माफी

काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले माफी मागेको छ । कलेजका उपकुलपति शरणजित सिंहले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारमाथि माफी मागेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुस्खी हुँदै माफी चाहन्छौं । हामी नेपाली विद्यार्थीलाई त्यति कै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’ कलेजका उपकुलपतिले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन्… पुरा पढौ

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालिएको विषयमा कूटनीतिक पहल भइरहेको बताएका छन् । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको  सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा कूटनीतिक पहल भइरहेको जनाकारी गराएको हो । ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा… पुरा पढौ

ओडिसाको कलेजबाट जबरजस्ती निकालिएका नेपाली विद्यार्थी ट्रेन स्टेसनमा अलपत्र

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरू लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ती बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ । नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरूलाई होस्टेल छोड्न चेतावनी दिएको थियो । त्यसअघि कलेजका शिक्षिकाहरूले नेपाली विद्यार्थीहरूलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ । डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरूलाई उनीहरूका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ… पुरा पढौ

छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छन् । श्रीमान्‌सँग सम्बन्धविच्छेद… पुरा पढौ

साउदीमा सडक दुर्घटना : ३ नेपालीसहित १५ जनाको मृत्यु

काठमाडौँ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदीको जिजाननजिकै भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइनेछ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित… पुरा पढौ