खेलकुद

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौँ, १ कात्तिक । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन… पुरा पढौ

पहिरोमा हराएका एन्फा एकेडेमीका ६ छात्रको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बरं–३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्य ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल रहेका छन् । कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौँका साइमन… पुरा पढौ

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा… पुरा पढौ

आहा ! रारा गोल्ड कप घाटामा

गण्डकी, २७ भदौ । सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ । क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए । “तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी… पुरा पढौ

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

कास्की, २२ भदौ । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागिय टोली एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिस क्लब गत वर्षको उपविजेता हो । नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो । यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश ९लाइट प्रोटेस्ट०का कारण १–१ सेटको बराबरीमा रोकिएपछि… पुरा पढौ

यसरी बनिन् पलेशा एतिहासिक ओलम्पियन

काठमाडौँ, १९ भदौ । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् । चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, “दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।” सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा… पुरा पढौ

पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

काठमाडौँ ।  नेपालकी पलेशा गोवर्द्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् । गोवर्द्धनले फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् ।  पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना… पुरा पढौ