खेलकुद

मुस्ताङमा तोरन्ल गोल्डकप

म्याग्दी, १ चैत । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका दुई सय ३२ खेलाडी सहभागी छन् । एउटा समूहमा सात खेलाडी रहने छन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले… पुरा पढौ

त्रिकोणात्मक टि–२०ः पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, २९ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । जितसँगै नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै… पुरा पढौ

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’

कास्की, २७ फागुन । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी प्रदेश टेनिस सङ्घको समन्वय तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि कार्यक्रम सुरु भएको हो । बालबालिकाका लागि आयोजना गरिएको यो कार्यक्रम दुई… पुरा पढौ

पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि

कास्की, २६ फागुन । पर्वतको बनौँ बास्केटबल टोली पोखरामा सञ्चालन भएको खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । पुन एकता क्लब पोखराले महाशिवरात्रि पर्वका अवसरमा प्रतियोगिता आयोजना गरेको हो । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगिताको आज सम्पन्न फाइनलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौँले उपाधि जितेको हो । च्याम्पियन बनेको बनौँले रु एक लाख नगदसहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता मर्दीखोलाले रु ५० हजार पुरस्कारमा चित्त बुझायो । यसैगरी… पुरा पढौ

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबलको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

पोखरा, २१ फागुन । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल–२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बीनीलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । महिलातर्फको उपाधि सुदूरपश्चिमलाई त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेशले लुम्बीनी… पुरा पढौ

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाडौँ, १९ फागुन । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे… पुरा पढौ

टी–२० क्रिकेट शृङ्खलाः नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौँ, १९ फागुन । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले… पुरा पढौ