खेलकुद

पोखरामा टाइगर कप भलिबलको तयारी

पोखरा, २६ पुस । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आगामी माघ १ देखि ६ गतेसम्म चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनसहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिता गरिने आयोजकको भनाइ छ । प्रतियोगितामा पुरुष… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई

ढोरपाटन (बागलुङ), २० पुस । सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो । बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३–० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले तीन सेट नै २५–२०, २५–२२ र २५–२२ अन्तरले आफ्नो पोल्टामा पार्यो । गलकोट नगरपालिकाले फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित… पुरा पढौ

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

कास्की, १३ पुस । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने… पुरा पढौ

पोखरामा अठार लाख पुरस्कार राशिको म्याराथन

पोखरा, १० पुस । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता रु १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो । मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ । सो स्पर्धाका विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला÷पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने… पुरा पढौ

वोल्डर ब्लास्ट सिरिज-१ प्रतियोगिता सम्पन्न, रोनक र स्वस्तिकाले जिते उपाधि

पोखरा । पोखरामा विहीबार सम्पन्न १३ वर्ष भन्दा माथि उमेर समुहमा गरिएको खुल्ला वोल्डर ब्लास्ट सिरिज-१ प्रतियोगिताको उपाधि पुरुषतर्फ रोनक उप्रेती र महिलातर्फ स्वस्तिका चौधरीले जितेका छन् । वेष्ट स्पोर्टस इनडोर हवको आयोजना तथा गण्डकी प्रदेश क्लाइम्विङ्ग स्पोर्ट एसोसिएसनको समन्वयमा पोखरामा पहिलो पटक आयोजित सिरिज प्रतियोगितामा पुरुषतर्फ सुलभ राई दोश्रो र साजन लामा तेश्रो हुँदा महिलातर्फ मारिका पोलाक दोस्रो र क्लोई रेग्गस्वी तेस्रो स्थान प्राप्त गरेको संयोजक सिद्धार्थ केसीले जानकारी दिए । विजेता खेलाडीहरुमध्ये पुरुषतर्फ प्रथम हुनेलाई Scarpa ले Scarpa… पुरा पढौ

एनएसएल : आज पोखरा र धनगढी तथा झापा र चितवन भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा दुई वटा खेल हुने भएका छन् । पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी बीच प्रतिस्पर्धा हुने छ । दिउँसो १ बजे हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ । यस्तै, आज साँझ ५ बजे हुने… पुरा पढौ

स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली, २३ मङ्सिर । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे । कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए… पुरा पढौ