खेलकुद

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाल बांङ्लादेशसँग पराजित, फाइनल यात्रा समाप्त

पोखरामा जारी यु–१९ महिला च्याम्पियनसिपको लिग चरणबाट बाहिरिएको छ । पोखरा रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो । यसअघि नेपालले पहिलो खेलमा भारतसँग १-० को हार बेहोरेको थियो।  दोस्रो खेलमा भने नेपालले भुटानलाई २-१ गोलले हराएको थियो। फाइनल पुग्न आज बांङ्लादेशलाई पराजित गर्नु पर्ने भए पनि नेपालले चार गोल खायो। नेपाललाई हराएको बङ्गलादेश फाइनलमा पुगेको छ । साविक विजेता बङ्गलादेशले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार नै भएको खेलमा भारतले भुटानलाई… पुरा पढौ

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

पोखरा । पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।  पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२… पुरा पढौ

आठौँ संस्करण ‘व्यास अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनालाई

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनाले जितेको छ । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित सहिद दिवसका अवसरमा आज आयोजित प्रतियोगितामा सिंह सर्दुल गुल्म स्याङ्जाका प्युठ कर्ण रावलले दुई घण्टा ४८ मिनेट २७ सेकेण्डमा ४४ किलोमिटर दूरी पार गर्दै प्रथम भएका छन् । नन्द बक्स गुल्म सिराहाका प्युठ तिलकबहादुर सुनुवार दुई घण्टा ५८ मिनेट १३ सेकेण्डमा पार गर्दै द्वितीय र त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ… पुरा पढौ

न्यू डायमण्ड र पुलिस टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा

पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । महिलातर्फ न्यू डायमण्ड क्लबले आज थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमण्डले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पारेको… पुरा पढौ

आइसिसी टी-२० विश्वकप क्रिकेटको ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शन गरिने

काठमाडौँ। आइसिसी टी-२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तूप परिसर र पोखरा प्रदर्शन गरिने भएको छ । ट्रफी टुरअन्तर्गत नेपाल आइपुगेकीको विश्वकपको ट्रफी सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको थियो । अब मंगलबार पोखरामा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बिहान ८ बजेदेखि १२ बजेसम्म पोखरामा ट्रफीको फोटो सुट हुनेछ । त्यसपछि दिउँसो ४ बजेदेखि ६ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनी हुने तालिका छ । बुधवार दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ… पुरा पढौ

लुम्बिनीले जित्यो एनपीएलको उपाधि

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।  सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो। सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै  ८६ रनको लक्ष्य पूरा गरे। पुरा पढौ

एनपिएल: आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।  सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा… पुरा पढौ