काठमाडौं । सरकारले आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोटमा चार कम्पनीलाई संक्षिप्त सूचीमा राखेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको आशयपत्रको मूल्यांकनपछि ४ परामर्शदाता कम्पनीलाई सर्ट लिस्टमा राखेको हो । दुबई, फ्रान्स, टर्की र थाइल्यान्डका एक–एक कम्पनी सर्ट लिस्टमा परेका हुन् । फ्रान्सको युरो कन्सल्ट, टर्कीको टीआरकेएसएटी–टीटीजी, दुबईको एसथ्री टेल इंक र थाइल्यान्डको थाइकम पब्लिक कम्पनी लिमिटेड सर्ट लिस्टमा परेका हुन् । स्याटेलाइट खरिद प्रक्रिया अघि बढ्नुअघि त्यसको प्राविधिक र व्यवसायिक पाटोबारे अध्ययन गर्न परामर्शदाता छान्न लागिएको प्राधिकरणले…
पुरा पढौ