पर्यटन

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ बर्ष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका… पुरा पढौ

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक… पुरा पढौ

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् ।  म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण  गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरूले अनुमति लिएका हुन् ।  धौलागिरि आरोहणका लागि दुई समूहका आठ  महिलासहित १७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार  समूहका आठ महिलासहित २७ जनाले अनुमति… पुरा पढौ

सिक्लेसमा पर्यटक आगमन घट्यो

गण्डकी । अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण  छन् ।  मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्द्रले जनाएको छ ।  जंगलले घेरिएको बस्ती, ढुंगाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा परिचित छ ।  समुद्र सतहबाट  एक हजार ९५०… पुरा पढौ

मार्चमा नेपाल भित्रिए १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ। मार्चमा नेपालमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। विशेष रूपमा, दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमा भारतबाट २५ हजार ७ सय २८, श्रीलंकाबाट १० हजार ७ सय ५९ र बंगलादेशबाट ४ हजार ६ सय… पुरा पढौ

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ । होटेल संघ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ । विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै… पुरा पढौ

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए । ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवद्र्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ । यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय… पुरा पढौ