गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका पर्यटकीय सहरहरूमा सिधा उडानका लागि पहल गर्न भारतीय राजदूतावास एवं सम्बद्ध सबैमा आग्रह गरेका छन् । नेपालका लागि भारतीय राजदूतावास, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखरामा आज आयोजित ‘सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट’लाई सम्बोधन गर्दै उनले आफूहरूले सोचेअनुसार पोखराबाट नेपालभित्र र बाहिरका पर्यटकीय सहरमा सिधा उडान गर्न नसकिएकोे बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका…
पुरा पढौ