पर्यटन

मुस्ताङमा पहिलो पटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण

मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलो पटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नोभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका-४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ । दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसहित पाँच जना नेपाली पर्यटक गाइडहरूले छुआमा आधार… पुरा पढौ

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।  आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर… पुरा पढौ

गोरखाको तातोपानीमा अलपत्र परेका ३५ पर्यटकको सकुशल उद्धार

गोरखाको धार्चे गाउँपालिका-३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए । सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ । उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । पुरा पढौ

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन्। बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल… पुरा पढौ

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

मनाङ, १६ कात्तिक । लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनले भने, “हिमपात भएपछि यात्रा प्रभावित भएको छ,… पुरा पढौ

तिलिचो बेस क्याम्पमा फसेका ११ जना पर्यटकको उद्धार

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ ।  सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल(एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरूको सफलतापूर्वक उद्धार गरेको हो ।  उद्धार गरिएका पर्यटकहरूमा एक जनाको खुट्टामा चोट लागेका, एक जना नौ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् । सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ । उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको… पुरा पढौ

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट विदेशी पर्यटकसहित नेपाली नागरिकहरूको सफल उद्धार

मुस्ताङ । हालैको अविरल हिमपातका कारण मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा फसेका विदेशी तथा नेपाली पर्यटकहरूको नेपाली सेनाको नेतृत्वमा सफल उद्धार गरिएको छ। म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङतर्फ यात्रा गर्दै धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका तीन बेलायतीसहित १५ जना पर्यटकहरू मिति २०८२/०७/११ गतेदेखि परेको भारी हिमपातका कारण फसेका थिए। उद्धारका लागि मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौज, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा गैरसैनिक पथप्रदर्शकहरू सम्मिलित संयुक्त टोली मिति २०८२/०७/१२ गते उक्त इलाकातर्फ प्रस्थान… पुरा पढौ