पर्यटन

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकी पाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकी पाटन पुगेका पर्यटकहरु गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो । गोठालाले उत्पादन गरेको दूध, दही… पुरा पढौ

‘पर्यटन नीति २०८२’ सार्वजनिक, अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने मन्त्री पाण्डेको दाबी

काठमाडौँ । सरकारले ‘पर्यटन नीति २०८२’ ल्याएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराए । उनले भने, ‘नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो । यसले मुलुकको राष्ट्रिय… पुरा पढौ

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

गण्डकी । अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् । छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने. र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ । पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो… पुरा पढौ

७०४ पुग्यो सगरमाथा आरोहण गर्ने महिलाको संख्या

काठमाडौँ । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ । पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या ७ सय ४ पुगेको हो । सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् । उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन् । नेपालबाट पहिलो आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ मा सगरमाथाको सफल… पुरा पढौ

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

मुस्ताङ, ७ साउन । अग्ला/अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ । यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ । हिउँदयामको पुस, माघ र फागुनमा पूरै झरनाको पानी बरफ बनेर सिंगाे पहाड नै सेताम्मे हुन्छ । बर्खायाममा तापक्रम बढेपछि यहाँको झरनाको पानी हावासँगै बतासिएर फेदमा झर्ने गर्छ । यहाँको लुम्बुक झरनाको पानी… पुरा पढौ

मनाङमा यसवर्ष ३७ हजार विदेशी पर्यटकको आगमन

काठमाडौँ। मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ । उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्याङ्क अनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका… पुरा पढौ

पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी

गण्डकी । चीनको पश्चिमी प्रान्त सिछुवानको गान्जी तिब्बती स्वायत्त जिल्लाको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । गान्जी उच्च स्थानस्थित उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलका कारण प्रसिद्ध छ । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउण्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रमअन्तर्गत त्यहाँका तस्बिरहरूको गत बिहीबारदेखि यहाँस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ । सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेका अनुसार चीनको नेपाल नेसनल पभेलियनको सहयोगमा गान्जीका २६ वटा तस्बिर समावेश छन् । गान्जीका तस्बिरको प्रदर्शनी छ महिनासम्म रहने छ… पुरा पढौ