पर्यटन

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

गण्डकी, १९ असोज । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए । चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए । सोह्र श्राद्धको समयका कारण यतिखेर ठूलो सङ्ख्यामा धार्मिक पर्यटक मुस्ताङमा छन् । दुुई दिनअघिदेखि लगातार पानी परे पनि बिहीबारदेखि मौसम… पुरा पढौ

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी, १८ असोज । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँडेका सरोज ढकाल र उनको परिबार बेलुका गलेश्वर आएर बसे । बुधबार बिहानै मुस्ताङका लागि हिँडेका उनीहरू त्यहाँबाट करिब दुुई तीन किलोमिटरको दूरीमा पुग्दा सडकमाथिबाट… पुरा पढौ

आठ नाउर, चार झारल र आठ बँदेलको सिकार गर्न अनुमति

गलकोट (बागलुङ), १६ असोज । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताए । उनका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल… पुरा पढौ

पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरीः मन्त्री किराती

काठमाडौँ, १४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए । “जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन… पुरा पढौ

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

पोखरा, १४ असोज । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको छहप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका छन् । पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी भएकामा परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । सन् १९९८ देखि… पुरा पढौ

शरदयाममा धौलागिरि आरोहण सुरु

म्याग्दी, १३ असोज । चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट टे«क्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७… पुरा पढौ

भारत-पोखरा सिधा उडानका लागि सहजीकरण गरिदिन भारतीय राजदूतलाई आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्। ४४ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पर्यटन व्यवसायीहरूले राजदूत श्रीवास्तवलाई यस्तो प्रस्ताव राखेका हुन्। भारतीय पर्यटकको पहिलो रोजाइ पोखरा र गण्डकी प्रदेश भएको उल्लेख गर्दै उनले भारतका पर्यटकीय सहरबाट पोखरामा सिधा उडानको पहलकदमी बढाउन भारतीय राजदूतसँग आग्रह गरेपनि राजदूत श्रीवास्तवले सिधा जवाफ भने दिएनन् । नेपालका लागि भारतीय… पुरा पढौ