पर्यटन

मनाङमा पर्यटकको चहलपहल बढ्यो

मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ । गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ । केन्द्रको… पुरा पढौ

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी, १८ असोज । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताए । “सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उनले भने, “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी… पुरा पढौ

मनास्लु आरोहणमा धेरैको आकर्षण

काठमाडौँ, १७ असोज । मनास्लु (आठ हजार एक सय ६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरद् ऋतु (अटम सिजन)को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् । यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् ।… पुरा पढौ

‘एक्याप’को प्रवेश शुल्क अब अनलानबाट तिर्न सकिने

Mardi News
गण्डकी, १४ असोज । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताए । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबीस घण्टा नै सञ्चालन रहनेछ”, उनले… पुरा पढौ

पोखरामा विश्व पर्यटन दिवस मनाइयो

गण्डकी, ११ असोज । पर्यटन राजधानी पोखरामा ४५ अौँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले लगातार वर्षा भइरहे पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बताउँदै कार्यक्रम भने केही प्रभावित भएका जानकारी दिए । परिषद्ले आज पोखरा विमानस्थलबाट पहिलो उडानमार्फत यहाँ आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको थियो । लगातारको वर्षाका कारण उक्त कार्यक्रम गर्न नसकिएको परिषद्का महासचिव… पुरा पढौ

नाट्टा गण्डकी प्रदेश द्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशको आयोजनामा आज २०८१ अशोज११ गते बिहान पोखरा, नारेश्वरचोक स्थित आफ्नै कार्यालय अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ४५औं बिश्व पर्यटन दिवसको पुनित उपलक्ष्य तथा पोखरामा भएको रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान, जिबन दान भन्ने मुल नारा सहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक गिता सिग्देलले बताउनुभयो। रक्त संचार केन्द्र, पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालि तथा उहाँको टिमले रक्त संकलन गर्नुभएको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले गर्नुभएको… पुरा पढौ

यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौँ, ११ असोज । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस… पुरा पढौ