पर्यटन

पर्यटन क्षेत्रका समस्याबारे मन्त्रीलाई ध्यानाकर्षण

गण्डकी, २० भदौ । पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रका समसामयिक समस्याका सम्बन्धमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रदेशका नवनियुक्त मन्त्री मित्रलाल बस्याललाई परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज मन्त्रालयमा एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यमान समसामयिक समस्याबारे ध्यानाकर्षण गराएको हो । मुलुकको अर्थतन्त्रले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको परिषद्ले जनाएको छ । बढ्दो महँगी, दक्षजनशक्ति पलायन, करको वृद्धि, बैंकको अस्थिर ब्याजदर, झन्झटिलो दर्ता नवीकरण प्रक्रियालगायत कारण… पुरा पढौ

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ, २० भदौ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१… पुरा पढौ

संस्कृतिलाई पर्यटनसँग जोड्न पोखरामा ‘तीज सांस्कृतिक महोत्सव-२०८१’

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२ गते… पुरा पढौ

पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड

म्याग्दी (बेनी) । प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ ।  प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यवस्थित कुण्डसहित कार्यालय भवन, पहुँच मार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार निर्माण भइसकेका छन् । यहाँ उपचारका लागि भनेर आउने व्यक्तिको शुल्क, सहयोग तथा सरकारी बजेटबाट कुण्डलाई व्यवस्थित गरिएको र बिरामीको सहजकताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । उनकानुसार गत आवमा पर्यटन बोर्ड, गण्डकी… पुरा पढौ

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अघि बढाएको छ। निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो। गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो। बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो। दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने… पुरा पढौ

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले… पुरा पढौ

‘पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ’

गण्डकी, २९ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए… पुरा पढौ