पर्यटन

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैनः नाट्टा

काठमाडौँ, १७ जेठ । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाद्वारा बुधबार जारी विज्ञप्तिमा व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराइए पनि नहटाउँदा पर्यटन व्यवसायी र हवाई यात्रुलाई समस्या परेको उल्लेख छ । “गत वर्षको बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेपछि पर्यटन व्यवसायी… पुरा पढौ

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ, १६ जेठ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र… पुरा पढौ

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन

गण्डकी, १४ जेठ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा उक्त म्याराथन हुन लागेको हो । अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा धावक दौडिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक… पुरा पढौ

पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

काठमाडौँ, १३ जेठ । सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको हो । पर्यटन प्रवद्र्धनका लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाए । प्रतिपर्यटक प्रतिदिन औसत खर्च एक सय २५ डलर पु¥याउने लक्ष्य लिइएको छ । सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर… पुरा पढौ

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

गलेश्वर (म्याग्दी), ११ जेठ । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र… पुरा पढौ

लामाले बनाइन् कम समयमै सगरमाथा आरोहण गरेर कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरिकी छन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरु गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले १४… पुरा पढौ

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

गलकोट (बागलुङ) । वैधानिक रूपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना… पुरा पढौ