जनसंख्या अनुसार बोन धर्म

-


     मर्दी न्युज    
     १४ मंसिर २०७६ मा प्रकाशित


खड्ग तमु:
तमु अर्थात् गुरुङ जातिको आदिम धर्मको कुरा गर्नुपर्दा बोन धर्मावलम्वी हुन् । यसरी नै नेपालको हिमाली क्षेत्रमा बोन परम्परा थियो । १५ औं शताब्दीमा उपल्लो मुस्ताङमा सक्यपा र डोल्पो तथा तल्लो मुस्ताङमा बोन्पो सम्प्रदाय फस्टाएको थियो ।
ई. १८५४ मा मुलुकी एने लागू भएपछि नेपालमा हिन्दुकरणले कानुनी मान्यता पायो । फलस्वरुप, राज्य व्यवस्थाबाट विभिन्न जातिको धर्मको उपेक्षा मात्र होइन धार्मिक स्वतन्त्रतामा नियन्त्रण गरियो । यसको उदाहरण स्वरुप गुरुङहरुले विभिन्न समयमा गरेका विद्रोह र त्यसबेलाका भारदारी फैसला तथा ताम्रापत्रहरुले नै प्रष्ट पार्दछ । आप्mनै मौलिक बोन धर्म मानेका गुरुङहरु नेपालको विभिन्न घटनाक्रममा आप्mनो धर्म नै परिवर्तन हुन पुगे।


हिन्दुस्तानमा ११ औं शताब्दीदेखि मुसलमानको जगजगीले गर्दा हिन्दुहरु पहाडतिर लागे । तिनीहरुले नेपालमा रहेका आदिवासीलाई हिन्दु बनाएर नेपालमा आप्mनो धर्म विस्तार गरे । यसै प्रकार १५ औं शताब्दीमा गेलुकपा सम्प्रदायको राजनैतिक विजयपछि अन्य बौद्ध सम्प्रदाय हिमाली सिमान्त क्षेत्रतर्फ धप्पिए । फलस्वरुप तवाङ, भुटान, सिक्किम, नेपाल, कुमाउ, गढवाल, हिमाचल प्रदेश विभिन्न बौद्ध सम्प्रदायको लागि नयाँ आश्रयस्थल बन्न पुग्यो । नेपालको हिमाली क्षेत्रमा लामा धर्मको विस्तार यसै ऐतिहासिक क्रमसित जोडिएको छ ।


ई. १९५० मा दलाई लामा तिब्बतबाट विस्थापित भएपछि शरणार्थी लामाहरूमार्फत नेपालमा बौद्ध धर्मले नयाँ उर्जा प्राप्त गरेको छ । आदिम बोन धर्म मानिरहेका गुरुङहरुलाई परिवर्तन गराई बौद्ध धर्ममा लैजान सफल भएको छ । दलाई लामा तिब्बतबाट विस्थापित पछि यसको प्रभाव प्रत्यक्ष रुपमा नेपालको तमु जातिले मान्दै आएको बोन धर्ममा परेको छ । उसो त प्रजातन्त्रको पुनस्र्थापना पछिको समयमा तमु छोंज धींले “मुल धर्म– कूल धर्म, पहिचान धर्म– बौद्ध धर्म” भनेर बोनवादी तमुहरुलाई बोन भनेर लेखाउनको सट्टा बौद्ध लेखाए । विभिन्न समयक्रमले नेपालको पूर्वी भागमा बसोबास गरेका र आप्mनो मौलिक धर्म समेत बिर्सेका तमुहरुलाई यसले ठूलो प्रभाव पा¥यो । फलस्वरुप १९९१ को जनगणनाको तुलनामा १९८१ को जनगणनामा बौद्ध जनसंख्यामा उल्लेख्य बृद्धि हुन गयो ।


जब तमु प्ये ल्हु संघको त्यही ताका स्थापना हुन पुग्यो त्यसको आफ्नो मौलिक कुरालाई कछुवाको गतिमा क्रमशः विस्तार गर्दै लग्यो, फलस्वरुप एक दशकपछि २००१ मा बौद्ध जनसंख्यामा केही कमी आएको छ । २०११ को जनगणनामा बोन नै उल्लेख गर्ने तमु प्ये ल्हु संघको आव्हानले गर्दा होस् या चेतनास्तरको बृद्धिले गर्दा धर्म विवरणमा बोन धर्मालम्वीहरु १३००६ जना उल्लेख गरिएको छ । धर्मअनुसारको जनसंख्यालाई हेर्दा शहरी क्षेत्रमा ३८०० जना र ग्रामीण क्षेत्रमा ९२०६ देखिएको छ । विकास क्षेत्र अन्तर्गत भने पूर्वाञ्चलमा ८३१, मध्यामाञ्चलमा ४६४, पश्चिमाञ्चलमा ११६६९, मध्यपश्चिमाञ्चलमा १२ जना र सुदुर पश्चिमाञ्चलमा शुन्य देखिएको छ । तमु जातिको बसोबास नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भएपनि तमु प्ये ल्हु संघले पश्चिम क्षेत्रमा आप्mनो उपस्थिति जनाउन शुरुवात गरिएको छ ।

पूर्वमा स्यार्लो तमु प्ये ल्हु संघमार्फत उपस्थिति जनाएको छ । पूर्वमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीमा आप्mनो मौलिकताबारे प्रचारप्रसार गर्न सकेको तमु प्ये ल्हु संघले गर्दा यसपटकको धर्मअनुसारको जनगणनामा उल्लेख गर्ने क्रममा उल्लेखित जिल्लाअनुसार क्रमशः ६०९, ३५, २९, १९, ९४ र ३० जनाले बोन धर्म लेखाउन सफल भएका छन् । यसै गरी धनकुटामा ३, तेह्रथुम ४, सङ्खुवासभा ४, भोजपुर ६, ओखलढुङा ६, खोटाङ ४, उदयपुर १७, सप्तरी १, सर्लाही ५, सिन्धुली ३, रामेछाप ६३, दोलखा ४, सिन्धुपाल्चोक ५, काभ्रेपलाञ्चोक ४ रहेका छन् । पूर्वमा यति विस्तार हुनुमा यसको जस स्यार्लो तमु प्ये ल्हु संघलाई दिन सकिन्छ । काठमाडौं उपत्यकाको कुरा गर्नुपर्दा ललितपुरमा ७२, भक्तपुरमा १ र काठमाडौं जिल्लामा २१४ मात्रले लेखाएका छन् । यसैगरी नुवाकोटमा २, रसुवा १, धादिङ ३, मकवानपुर ३७, बारा २, चितवन ४८, गोरखा १७१३, लमजुङ ६०, तनहुँ १५८८, स्याङ्जा ३७१७, कास्की २९०८, मनाङ ३१, मुस्ताङ ९८, म्याग्दी १९, पर्वत २७७, वाग्लुङ ७५, पाल्पा २, नवलपरासी ४६३, रुपन्देही ७००, कपिलवस्तु १७, अर्घाखाँची १ र सुर्खेत १ रहेका छन् ।

आदिमकालदेखि बोन धर्म मान्दै आइरहेका डोल्पाबासीहरु ११ जना मात्रले बोन धर्म लेखाएका छन् । माथि उल्लेखित जिल्लाबाहेक अन्य जिल्लामा शुन्य रहेको छ । बोनवादी तमुहरु सबैले पनि बोन टिपाएका छैनन् भने आफूले मान्ने धर्मलाई बोन भन्दछ भनेर भन्न नजानेका तमुहरु पनि धेरै संख्यामा रहेकाले बोन धर्मावलम्वीको संख्या यकिन आउन सकेको छैन ।


२०११ को जनगणनामा तमुको संख्या ५२२६४१ जना रहेको छ जसअन्तर्गत शहरी क्षेत्रमा १३७३७१ र ग्रामीण क्षेत्रमा ३८५२७० जनाले बसोबास गर्दछन् । विकास क्षेत्रको हिसाबमा पूर्वाञ्चलमा ६२७९३, मध्यमाञ्चलमा १२७४१६, पश्चिमाञ्चलमा ३०३१३४, मध्यपश्चिमाञ्चलमा २४८२८ र सुुदुरपश्चिमाञ्चलमा ४४७० जना तमु रहेका छन् ।



Tags: