
पोखरा, ४ पुस । चार महिना अघि काठमाडौंमा भएको नाडा अटो शोमा लन्च भएको महिन्द्रा एक्सयुभी गाडी पोखरामा एक कार्यक्रमकाबीच सार्वजनिक ग¥यो । आज शुक्रबार विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरेको हो ।
प्रमुख आतिथिको मन्तव्य ंिदंदै मन्त्री लम्सालले निजी क्षेत्रलाई समृद्ध नेपाल निर्माणको लागि ढुक्क भएर काम गर्न सुझाव दिए । उनले भने– ‘कानुनले अप्ठ्यारो पारेमा त्यसको तत्काल समाधान खोजिनेछ ।’ समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रको लगानी आवश्यक भएको उनले बताए ।
नेपालमा लन्च हुनु अघि भारतमा यो महिन्द्रा एक्सयुभी ३०० लन्च भइसकेको थियो । एक्सयुभी ३०० गाडि पेट्रोल र डिजेल दुबै भर्सनमा छ । पेट्रोलमा दुई मोडल र डिजेल गाडिमा चार अप्सनमा पाउन सकिन्छ ।
एक्सयुभी ३०० डब्लु ४, डब्लु ६, डब्लु ८, डब्लु ८ (अप्सनल) चारवटा डिजेल भर्सन हुन् । यस्तै, डब्लु ४ र डब्लु ८ (अप्सनल) कम्पनीले ल्याएको दुई वटा पेट्रोल भर्सन हो ।
पेट्रोल इन्जिन मध्ये डब्लु ४ को मूल्य ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) को मूल्य ५६ लाख ५० हजार रुपैयाँ छ ।

यस्तै, डिजेल इन्जिन डब्लु ४ को बजार मूल्य ४१ लाख २५ हजार रुपैयाँ, डब्लु ६ को बजार मूल्य ४५ लाख रुपैयाँ, डब्लु ८ को बजार मूल्य ५१ लाख ५० हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) को बजार मूल्य ५७ लाख २५ हजार रुपैयाँ छ ।
यसमा रहेको सबैभन्दा राम्रो फिचर सेफ्टि फिचर रहेको अग्नी ग्रुपका एसिस्टेन्स म्यानेजर गंगा प्रधानाङ्गले बताइन् । सात वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क–ब्रेक, १७ इन्च अलोय–हृवील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक फिचर्सहरुले एक्सयूभी–३०० विशेष बनेको छ ।
गाडि भित्रको तापक्रम पनि फरक फरक बनाउन मिल्ने फिचर पनि यसमा समावेश गरिएको उनले बताइन् । आफ्नो लागि एउटा र अरुको लागि अर्कै तापक्रम पनि बनाउन सकिने यसको अर्को विशेषता हो ।
अर्को युनिक फिचर भनेको यसको स्टेरिङ हो । एक्सयुभी ३०० को स्टेरिङ तीनवटा मोडमा चलाउन सकिन्छ ।
एसयूभी–३०० मा १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन छ ।
पोखरामा बतास ग्रुपले भित्र्याएको हो ।