सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो

-


     मर्दी न्युज    
     भाद्र ८ गते २०८३ मा प्रकाशित


सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको मूल्य १५ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९६५ रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी ४ हजार ७७० रुपैयाँ थियो ।