समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

-


     मर्दी न्युज    
     पुस ९ गते २०७६ मा प्रकाशित


Mardi News

Mardi News Mardi News

काठमाडौं । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको पार्टीको बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिएको घोषणा अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलन गरी बताइएको हो ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे ।

उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ ।

अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा सरकारले २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको २ बुँदे सहमतिबाट सरकार पछि हटेको र एकतर्फी रुपमा तोडेको आरोप समेत लगाइएको छ ।