साग खेलमा नेपाललाई २३ स्वर्ण

-


     मर्दी न्युज    
     १८ मंसिर २०७६ मा प्रकाशित


SAG Games

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक खेल सुरु भएको दोस्रो दिनसम्ममा पनि नेपालले स्वर्ण पदक तालिकामा अग्रता कायमै राखेको छ । दोस्रो दिनमा आइपुग्दा नेपालले २३ स्वर्ण जितेको छ । त्यसै गरी नेपालले ९ रजत र १२ कास्य गरी कुल ४४ पदक जोड्न सकेको छ ।

पदक तालिकामा भारतले १२ स्वर्ण, १२ रजत र ९ कास्य गरी ३३ पदक जोडेको छ । श्रीलङ्का भने पदक तालिका संख्यामा सबै भन्दा धेरै छ । उसले पदक संख्या ४६ पु¥याएको छ । ५ स्वर्ण, १४ रजत र २७ कास्य गरी ४६ पदक जोडेको हो ।

साग खेलकुदको पदक तालिकामा पाकिस्तान चौथो स्थानमा रहेको छ । उसले ५ स्वर्ण, ११ रजत र ९ कास्य गरी २५ पदक सुरक्षित गर्न सकेको छ । त्यसै गरी बङ्गलादेशले ४ स्वर्ण, ३ रजत र २१ कास्य गरी कुल २८ पद जितेको छ ।

पदक तालिकामा माल्दिभस भने १ स्वर्ण ल्याएर पदक तालिकमा शुन्य हुनबाट जोगाएको छ । भुटानले भने ३ कास्य मात्र ल्याउन सकेको छ ।