पोखरा । तमु प्ये ल्हु संघ पोखराले च्यु ल्होसार विविध कार्यक्रमसहित मनाउने भएको छ । शनिबार पोखरामा रहेको केन्द्रीय कार्यलयमा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको हो ।
च्यु ल्होसार मनाउन पुस १२ गतेदेखि शुरु गरिने संघका महासचिवले पत्रकारहरुलाई जानकारी गराउनु भयो । पहिलो दिन पुस १२ गते रक्तदान कार्यक्रम, २३ गते रस्साकसी र छेलो प्रतियोगिता, १४ गते अन्तरसमाज सामुहिक नृत्य प्रतियोगिता, म्युजिकल चियर र विविध साँस्कृतिक कार्यक्रमसहित मनाउने निर्णय गरेको बताउनु भयो ।
त्यसै गरी १५ गते बिहान छ्योप त्हें, थासों त्हें, छैखु–ह्योंखु गरी रुपा लगाउने, स्यों कैं खुवाउने र मध्यान्न १२ बजेदेखि खुल्ला तमु सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
ल्होसार सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवार बाँडफाँड गरिएको पनि उहाँले बताउनुभयो ।