महिला फुटबलमा नेपाल रजतमा सीमित

-


     मर्दी न्युज    
     मंसिर २३ गते २०७६ मा प्रकाशित


SAG Games

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनल खेल भारतले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा नेपाललाई २–० गोल अन्तरले हराउँदै भारतले स्वर्ण जितेको हो । भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना अधुरै रह्यो । नेपाल रजतमै सीमित रह्यो ।

भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । दोस्रो गोल ५५ औं मिनेटमा थप गोल गर्दै बालादेवीले भारतलाई स्वर्ण दिलाएको हो । दुवै गोल पनि उनैले गरेका थिए ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले विगतको हारको बदला लिने दाबी गरेको थियो । गोल गर्ने धेरै अवसर नेपाली टिमलाई मिलेता पनि गोलमा परिणत गर्न सकेन ।

विगतका तीनवटै संस्करणमा फाइनलमा पुगेको नेपाल भारतसँगै पराजित हुँदै आएको छ ।