एनआइसी एशियाको ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक

-


     मर्दी न्युज    
     २३ पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २३ पुस । ‘बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले ‘न्यू सुपर चमत्कारिक निक्षेप’ योजना सार्वजनिक गरेको छ ।
अँग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरी एनआइसी एशिया बैंकले बुधबार बैंकको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमामार्फत आप्mना योजना सार्वजनिक गरेको हो । सार्वजनिक भएको उक्त योजनाबाट ग्राहकले धेरै लाभ लिन सक्ने बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै शर्माले ‘बैंक खाता ब्याजको लागि मात्र होइन, सुरक्षा एवं सुविधाको लागि पनि चाहिन्छ’ भन्ने उद्देश्यसहित बैंकले यो योजना ल्याएको जानकारी दिए ।

यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले ३ वटा बीमासम्बन्धी, २ वटा कर्जासम्बन्धी र २५ अन्य फाइदाहरु गरी ३० वटा चमत्कारिक फाइदाहरु पाउन सकिने शर्माले जानकारी दिए । यो योजना अन्तर्गत २१ लाखसम्मका विभिन्न बीमा सुविधा वापत लाग्ने प्रिमियम बैंक आफैले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्ने जानकारी दिए ।

१८ गम्भिर प्रकृतिका रोगहरुको लागी रु. १० लाख सम्मको बीमा तथा दुर्घट्नाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु. १० लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख सम्मको औषधी उपचार बीमा सुविधा, खातावालालाई कर्जाको ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत, कुनैपनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने, होम बैंकिङको सुविधा, निःशुल्क क्रेडिट कार्ड, निःशुल्क मोबाइल बैकिङ, भिसा कार्ड र इन्टरनेट बैंकिङ, अनलाइन खाता खोल्न मिल्ने सुविधा, अन्य यस्तै चमत्कारिक बैंकिङ फाइदाहरू भएको पत्रकार सम्मेलनमा शर्माले जानकारी दिए ।
त्यसैगरी ग्राहकले मासिक निक्षेप खाता अन्तर्गत जम्मा गरेको रकममा ९.७५ प्रतिशत सम्मको व्याजदर प्राप्त गर्ने जनाइएको छ । मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको खोल्न सकिने शर्माले बताए ।
एनआइसी एशिया बैंकमा न्यू सुपर चमत्कारिक खाताहरु खोली चमत्कारिक प्रतिफल, सुरक्षा र सहजताको लाभ उठाउन शर्माले आग्रह गरे ।