गण्डकी विकास बैंकको १२ औं साधारणसभा सम्पन्न, १७.३२ प्रतिशत लाभांश पारित

-


     मर्दी न्युज    
     २९ पुस २०७६ मा प्रकाशित


Mardi News

फोटोः खेम गुरुङ

पोखरा, २९ पुस । गण्डकी विकास बैंकको १२ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको आ.व. २०७५÷७६ को प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै साधारण सभाले १७.३२ प्रतिशत अर्थात् रु. ४७ करोड ६३ लाख कर समेतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप रु.३२ अर्व ९७ करोड संकलन गरी रु.२६ अर्व ८६ करोड कर्जा प्रवाह गर्न बैंक सफल भएको छ । हाल बैंकको मुलुकभर ९२ शाखा सञ्जाल तथा २७ वटा एटीमबाट सेवा प्रदान गर्दै आएको छ ।

गण्डकी विकास बैंक र मेगा बैंक प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको बीचमा समझदारी भै प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ ।