पोखरामा जारी ‘अमन स्मृति कप’ मा प्री–क्वाटरफाईनलका खेल सम्पन्न

-


     मर्दी न्युज    
     माघ ३ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ३ माघ ।
भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा जारी तेस्रो ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ मा प्री–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका –१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत प्री–क्वाटरफाइनलका सम्पुर्ण खेलहरु हिजो (बिहीवार) सम्पन्न भएका हुन् ।
बिहीवार भएको पहिलो प्री–क्वाटरफाइनलको खेलमा भ्याली स्पोर्ट्स पहेँलोले चाउथे एफसीलाई ३–२ गोल अन्तरले हराउदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित बनायो । भ्यालीको जितमा समीर कार्कीले २ तथा अनिल गुरुङले १ गोल गरे । अनिलले खेलको १२ औ मिनेटमा गोल गरेका थिए भने कार्कीले खेलको ३६ औ र ३९ औ मिनेटमा गोल गर्दै भ्याली पहेँलोलाई जित निकाल्न सघाए ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा चाउथेले खेल शुरु भएको ३ मिनेटमा गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोर्न पुग्यो । चाउथेको लागी जीवन रायमाझीले खेलको ३ र ४१ औँ मिनेटमा गोल फर्काए ।


दोस्रो खेलमा संगम एफसीले लेकसाइडलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वारफाईनलमा प्रबेश गर्याे । संगमको जितमा बेल प्रसाद गुरुङले खेलको १९ औ मिनेटमा गोल गरे । त्यस्तै सुमित श्रेष्ठले २९ औ मिनेटमा अर्जुन रानामगरले ३६ औ र टंक गुरुङले खेलको ४२ औ मिनेटमा गोल गर्दै सहज जित निकाले ।
यस अघि खेलको १२ औ मिनेटमा लेकसाइडका लागी संजय बुढाथोकीले गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोर्याे ।
त्यस्तै तेस्रो खेलमा भ्याली सेतोले एसएन ब्रदर्स माथी ७–२ को निकै फराकिलो गोल अन्तरले हराउदै अन्तिम आठमा स्थान सुरक्षित गर्याे छ । भ्याली सेतोको जितमा सुनिल गोदामेले सवार्धिक ५ गोल गरे । उनले खेलको ७ औ मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे उनले खेल शुरु भएको ५ औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले एक मिनेट भित्र दुई गोल गरेका थिए । त्यस्तै खेलको ३० र ३६ औ मिनेटमा थप एक एक गोल गरे । भ्यालीका लागी अजय श्रेष्ठले खेलको ६ र २८ औ मिनेटमा १÷१ गोल गरे ।


एस एन ब्रदर्सको लागी बुद्ध गुरुङले दुई सान्त्वना गोल फर्काए । उनले खेलको ३० र ३७ औ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको अन्तिम प्री–क्वाटरफाइनल खेलमा तारा एफसीले एम–१२ लाई २–० गोलले पराजित गर्याे । ताराको जितमा शिव सुवेदी र हरि गुरुङले समान एक एक गोल गरे । सुवेदीले खेलको १९ औ मिनेट र गुरुङले २२ औ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
शुक्रवार क्वाटरफाइनलका खेल सम्पन्न गरिने र प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत घोषित गरिने प्रतियोगिता संयोजक विश्व तण्डुकरले जानकारी दिए ।