सरकारले सूचनाको हक सुनिश्चित गरेको छः आयुक्त गुरुङ

-


     मर्दी न्युज    
     ११ माघ २०७६ मा प्रकाशित


Mardi News

फोटोः पदम घले

पोखरा, ११ माघ । अहिलेको युग सूचना प्रविधिको भएकाले नेपाल सरकारले पनि सूचनाको हक सुनिश्चित गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले बताएका छन् । शनिबार पोखरामा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा सो कुरा बताएका हुन् ।

प्रमुख आयुक्त गुरुङले संविधानले नै सूचना सम्बन्धमा ऐन नियम तर्जुमा गरेको उल्लेख गर्दै त्यसबाट फाइदा लिन आग्रह गरे । प्रमुख अतिथिको आसनबाट बोल्दै आयुक्त गुरुङले प्रतिष्ठानले साँस्कृतिक हिसाबबाट समाज र राज्यप्रति पु¥याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा विभिन्न विधाका ४ जना व्यक्तित्वलाई सम्मान गरेको छ । नेपालका ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गरी सर्वोत्कृष्ट अंक ल्याउने छात्र पवन तमु लमजुङलाई उच्च शिक्षा पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कारको राशी रु. २० हजार नगद र प्रमाणपत्र रहेको छ ।

यसरी नै तमु भाषा, साहित्यमा विशेष योगदान पु¥याउनु हुने श्रष्टा सम्मानका लागि स्थापित घनबहादुर तमु स्मृति पुरस्कारबाट तेजबहादुर तमुलाई नगद रु. २० हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । त्यसैगरी लोक कलाकारलाई प्रदान गरिने क्या.मिनबहादुर तमु स्मृति पुरस्कारबाट गायक धनबहादुर गुरुङलाई २५ हजार नगदसहित सम्मान गरेको छ ।

समाजसेवा गरेवापत पार्वता तमु स्मृति पुरस्कारबाट समाजसेवी मनवीर तमु (ढासा)लाई नगद १० हजार र प्रमाणपत्रले सम्मान गरेको छ भने लालशोभा उत्कृष्ठ आमा अवार्डबाट बेलसुवा तमुलाई सम्मान गरेको छ ।

‘उच्च शिक्षा हाम्रो लक्ष्य’ नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठानको अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।