केही दिनयता खुलेको मौसम फेरि केही दिनसम्म बिग्रने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीनको मौसम पुर्वानुमान गर्दै तीनै दिन बदलीको सम्भावना रहेको जानकारी दिएको छ । मौसम पुर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा सोमवारदेखि बुधवारसम्म देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको हो ।
आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । महाशाखाको बुलेटिनअनुसार देशको तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सुरकुहिरो रहेको उल्लेख गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १३ गते (सोमबार)
दिउँसोः देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का हिमपातको संभावना रहेको छ ।
माघ १४ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भु–भागका १ –२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
माघ १५ गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भु–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
पश्चिमी भु(भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का हिमपातको संभावना रहेको छ । साथै तराईका केही भू–भागमा हुस्सुरकुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।