लाटोकोसेरो तथा हुचील उत्सवमा रोटेपिङ खेलाइने

-


     मर्दी न्युज    
     माघ १८ गते २०७६ मा प्रकाशित


Mardi News

स्याङ्जा, १८ माघ । स्याङ्जा जिल्लाको राङभाङ–भैसेगौंडमा हुन लागेको नवौं ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ को लागी तयारी तीब्र पारेका छन् । जस अन्तर्गत पाहुनाहरुको घुमाई र बसाईलाई अविस्मरणीय बनाउन अरनिको माविको चौरमा स्थानीयहरुले रोटेपिङ तयार पारिसकेको छ भने परम्परागत गोलो घरको निर्माण पनि तयार भएको छ । उत्सको लागि अस्ट्रियाबाट एक जना विदेशी इनग्रिड बारबरा कोल पनि स्थानीयसँगै अन्य तयारी गरिरहेका छन् ।

भोलि आइतबारदेखि लोटोकोसेरो तथा हुचील संग्रहालयको लागि काम सुरु गरिने उत्सव आयोजक मूल समितिका संयोजक बालकुमार गुरुङले बताए । संग्रहालय तयारको लागि आइतबारै काठमाडौंबाट आएका २५ जना राङभाङ पुग्नेछन् । विभिन्न वन्यजन्तु तथा पंक्षीसम्बन्धी जानकारी दिन स्टलहरुको निर्माण कार्य भइरहेको संयोजक गुरुङले बताए ।

पाहुना व्यवस्थापनका लागि अस्थायी घरबासका निम्ति तथ्याँक निकाल्ने काम यसअघि नै सकिएको छ । व्यक्तिगत र सामुहिक रुपमा एक रातमा कम्तिमा ५०० जनासम्मलाई बस्ने र खानको व्यवस्ता गर्ने गरि तयारी सकिएको छ ।

बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका विभिन्न विद्यालयमा संरक्षण चेतना शिविर सञ्चालन गरिसकेको छ । हालसम्म २२ विद्यालयका १ हजार १ सय ७४ विद्यार्थी र शिक्षकलाई लाटोकोसेरोबारे जानकारी गराउने काम भैसकेको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताए ।

यहि माघ २४ र २५ मा हुने सो उत्सवमा स्थानीय संस्कृति, खेल र संरक्षणका विभिन्न कार्यक्रमहरु तय भएका छन् । सो अवसरमा हुने स्वास्थ शिविरले पनि रौनक थपेको छ । उत्सव हुने स्थानमा पुग्नको लागि स्याङ्जाको घुम्तिबाट १० किलोमीटर कच्ची बाटो हुँदै जान सकिन्छ ।