युनियन लाइफ इन्स्योरेन्सको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     माघ १९ गते २०७६ मा प्रकाशित


Mardi News

स्याङ्जा, १९ माघ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले स्याङ्जामा आइतबार एक दिने बीमा सचेतना तथा अभिकर्ता अभिमुखीकरण तालिम सम्पन्न गरेको हो ।

कम्पनीले ३५ जना अभिकर्ताहरुको माझमा सो कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ता अभिमुखिकरण कार्यक्रममा मुख्य प्रशिक्षक ज्ञानेन्द्र ढुङ्गानाले कम्पनीको विभिन्न प्रकारका पोलिसीका बारेमा बताए । साथै अभिकर्ताले पाउने सेवा सुविधाका बारेमा पनि प्रशिक्षण गराए ।
ढुङ्गानाले बीमा गर्ने बानीले बचतको पनि बानी बस्ने हुँदा आफ्ना छोराछोरीको शिक्षादीक्षाको लागि पनि सहज हुने बताए । उनले भने ‘बीमाबाट एकमुष्ट रकम आउने हुँदा व्यवसाय सञ्चालनको लागि सहज हुन्छ ।’

कम्पनीका अर्का प्रशिक्षक रामजी पोखरेले उक्त कार्यक्रममा जीवन बीमाको महत्व, बिमा योजना तथा छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी स्याङ्जा शाखाका प्रसाद थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।