
पोखरा, २० माघ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने तेस्रो विश्वशान्ति पूजाको लागि लुम्बिनीबाट शान्तिदीप पोखरा आइपुगेको छ । आज बिहान (सोमबार) प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले शान्तिदिपलाई लुम्बिनीबाट हस्तान्तरण गरी आजै पोखरा ल्याई हेम्जास्थित शाक्य गुम्बामा राखिएको पूजाका संयोजक हरिध्वज तुलाचनले बताए ।

आजै विश्व शान्ति पूजाका लागि प्रमुख गुरु रिम्पोछे श्रीधर राणाको आगमन भइसकेको छ । भोलि मंगलबार रिम्पोछे श्रीधरबाट पूजापाठ तथा प्रवचन हुने आयोजकले जनाएको छ ।
मंगलबार बिहान साढे ७ बजे हेम्जाबाट शान्तिदिपलाई पोखरा, लेकसाइडको हल्लनचोक हुँदै विविध साँस्कृतिक झाँकी ¥यालीसहित लेकसाइड परिक्रम गरी अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पु¥याइने र उक्त अवसरमा बौद्ध ग्रन्थ काङ्ग्युर तेङ्ग्युर पाठगरी बजार परिक्रमाको कार्यक्रम राखिएको संयोजक तुलाचनले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने तथा पदयात्रामा जाँदा विभिन्न कारणले मृत्यु भएका पर्यटक तथा पथ प्रदशकहरुको आत्मा शान्तिको कामना गर्न पूजा आयोजना गरिएको उनले बताए ।





