वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

-


     मर्दी न्युज    
     माघ २२ गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । ७२ वर्षको उमेरमा वरिष्ठ पत्रकार शर्माको निधन भएको हो ।

छातीमा संक्रमण भएका कारण उनलाई पाँच दिनअघि गंगालाल अस्पतालमा भर्ना गरिएको थियो र उनलाई मंगलबार साँझ मनमोहन अस्पताल रेफर गरिएको थियो । शर्माका भाइ लक्ष्मीनाथ शर्माले आफ्नो भाइको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको अन्तिम संस्कार आज दिउँसो पशुपति आर्यघाटमा गरिने छ ।

वि.सं. १९४७ मा इलामको मध्यम वर्गीय परिवारमा उनको जन्म भएको थियो । शर्मा एक अनुभवी मिडिया व्यक्तित्व थिए जसले सरकारी टेलिभिजनलाई जीवन्त पार्न योगदान समेत गरेका थिए । उनले नेपाल टेलिभिजनमा महाप्रबन्धकको रूपमा पाँच वर्ष काम गरेका थिए ।

यस्तै, शर्माले रिपब्लिका र नागिक दैनिक जस्ता मुख्यधारका समाचारपत्रहरूमा समेत समसामयिक विषयहरूमा रहेर लेखहरू प्रकाशित गरेका थिए ।