
पोखरा, २८ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ज्ञवालीलाई सरकारले मंगलवार बढुवा गरेको हो ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजीले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो । आईजीपी खनालसँगै तीन एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीले पनि मंगलबारबाटै अवकास पाउँदै छन् । बढुवासँगै २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली नेपाल प्रहरीको २७ औं आईजीपी बनेका हुन् ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले पनि ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।