गण्डकी प्रदेशमा पहिलो प्रदेश विश्वविद्यालय, प्राध्यापक डा. गुरुङ कुलपति नियुक्त

-


     मर्दी न्युज    
     ४ फाल्गुन २०७६ मा प्रकाशित


mardi news

पोखरा, ४ फागुन । गण्डकी प्रदेश पहिलो प्रादेशिक विश्वविद्यालय खोल्ने प्रदेश बनेको छ । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना गरेर प्राध्यापक डा. गणेशमान गुरुङलाई आइतबार कुलपतिमा नियुक्त गरेको छ ।


मुलुक संघीय संरचनामा गएसँगै खोलिएको गण्डकी विश्वविद्यालय पहिलो प्रादेशिक विश्वविद्यालय हो ।

डा. गुरुङ विश्वविद्यालय समस्या समाधान समितिको नेतृत्वमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनी लामो समयदेखि प्राध्यापन क्षेत्रमा सक्रिय छन् । गुरुङ तत्कालीन एमालेको तर्फबाट संविधान सभाका सदस्य समेत थिए । उनी विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष पनि हुन् । उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा प्राध्यापन गरेका थिए । उनी नेपाल समाजशास्त्र संघका अध्यक्ष पनि हुन् । स्याङ्जाका स्थायी बासिन्दा गुरुङ राष्ट्रिय योजना आयोगको सदस्यसमेत भएका थिए ।

कुलपतिको कार्यकाल ५ वर्षको हुनेछ । पाँच वर्षको अवधिमा यस विश्वविद्यालयलको शैक्षिक विकासमा प्रतिवद्ध भएर लाग्ने नव नियुक्त कुलपति गुरुङले बताए ।