महराको मुद्दामा भोलि फैसला आउने

-


     मर्दी न्युज    
     फागुन ४ गते २०७६ मा प्रकाशित


Mardi news

काठमाडौं, ४ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको जिल्ला अदालतका प्रवक्ता आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, डा.भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो ।