पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

-


     मर्दी न्युज    
     ५ फाल्गुन २०७६ मा प्रकाशित


Mardi News

पोखरा । नेपाल आयल निगमले इन्धनको घटाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले विज्ञप्ति प्रकाशित गरी सोमबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा केही घटेर आएको हुँदा स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोलरडिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले जनाएको छ ।